फेसबुकका चार एप गएको दशकमा ‘सबैभन्दा धेरै पटक डाउनलोड’

0

बीबीसी – विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ ।

ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन् ।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो ।

तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो ।

ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् ।

“यो राम्रो होइन,” अक्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी भन्छन् ।

सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो ।

यासेरी भन्छन्, ‘ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्दा कुनैपनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ । त्यो शक्तिको स्तर नियमन हुनुपर्छ ।’

सबैभन्दा बढी डाउनलोड गरिएका एप
गुगल प्ले र एपलको एप स्टोरको तथ्याङ्क

स्थान एप कम्पनी देश
१ फेसबुक फेसबुक अमेरिका
२ मेसेन्जर फेसबुक अमेरिका
३ ह्वाट्सएप फेसबुक अमेरिका
४ इन्स्टाग्राम फेसबुक अमेरिका
५ स्न्यापच्याट स्न्याप अमेरिका
६ स्काइप माइक्रोसफ्ट अमेरिका
७ टिकटक बाइटडान्स चीन
८ यूसी ब्राउजर अलिबाबा चीन
९ युट्यूब गुगल अमेरिका
१० ट्विटर ट्विटर अमेरिका
सन् २०१० देखि सन् २०१९ सम्मको तथ्याङ्क
स्रोत: एप एनी

पाँचौ र छैटौँ स्थानमा स्न्यापच्याट र स्काइप छन् भने त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र यूसी ब्राउजर छन् ।

युट्युब र ट्विटर पनि शीर्ष १० मा परेका छन् ।

शीर्ष १० मध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन् ।

यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्मार्कको किलूले बनाउँछ ।

क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन् ।

Leave A Reply

Your email address will not be published.