भ्रमण वर्षलाई सफल बनाउन, सडकको फोहोर टिप्दै गगन थापा

0

काठमाण्डौं – नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले फोहोर टिप्दै सडकमा पुगेका छन् । भ्रमण वर्षलाई सफल बनाउन सहरी क्षेत्र सुन्दर सफा बनाउनको लागि थापा सडकमा रहेका फोहोर दिप्न थालेका हुन् । बुधबार बिहान काठमाडौं रातोपुल नजिकको सडक क्षेत्रमा रहेका फोहोर संकलन गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद थापाले सडकमा फोहोर नफाल्ने संकल्पसहित नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तयार रहेको भन्दै सडकमा पुगेको बताए । पूर्वमन्त्री थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरू भएको हो ।

भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताए ।

Leave A Reply

Your email address will not be published.