मैले विधान मिचेको छैन : सभापति देउवा

0

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विधान नमिचेको प्रष्ट पारेका छन् । आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको उनले बताए । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउन विधानलाई आफूले नमिचेको स्पष्ट पारे ।

सभापति देउवाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अब सभामुख र उपसभामुख मध्ये एक पद पाउनुपर्ने माग गरे । साथै उनले बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्व ल्याउने जानकारी समेत गराए । सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको दाविसमेत गरे ।

Leave A Reply

Your email address will not be published.