एमसीसी संसदबाट अनुमोदन हुन्छ, सकैले रोक्न सक्दैन : मन्त्री बाँस्कोटा

0

काठमाण्डौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी संसदबाट अनुमोदन हुनको लागि कसैले पनि रोक्न नसक्ने बताएका छन् । एमसीसीका पक्ष र विपक्षमा निकै चर्चा भइरहेको बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले कसैले पनि रोक्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोद हुने उनले प्रष्ट पारे । प्रेस संगठन डडेल्धुराले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कसैले चाहेर पनि अब एमसीसी सांसदबाट अनुमोदन नरोकीने प्रष्ट पारे ।
‘सरकारले एमसीसी अनुमोदनको लागि संसद्मा पेश गर्छ,’ उनले भने, ‘संसदमा पेश भएपछि सिधै पास हुन्छ । यसका पक्ष विपक्षमा कुरा गर्नु आवश्यकता छैन ।’

अहिले एमसीसीलाई संसदबाट अनुमोदन गरेपनि सबै कुरा संसदबाट लैजान आवश्यकता नरहेको उनको भनाइ थियो । एमसीसीलाई राजनीतिक मुद्दा नबनाउन मन्त्री बाँस्कोटाले सबैलाई आग्रहसमेत गरे ।

एमसीसी र ‘इन्डो प्यासिफिक’ बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै उनले यी दुवै विषयलाई मिसाएर भ्रम सिर्जना गर्न खोजिएको आरोप समेत लगाए ।

Leave A Reply

Your email address will not be published.