समाजवादीले सरकार छाड्ने, केहिबेरमै उपेन्द्र यादवको राजिनामा

0

काठमाण्डौं – संविधान संशोनको प्रस्ताव मन्त्रीपरिषदमाएजेण्डाको रुपमा राख्नको लागी प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । उपेन्द्र यादव केन्द्रिय अध्यक्ष रहेको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । यादवकै नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

अनलाईनपाना सँग कुरा गर्दै समाजवादीका सचेतक उमाशंकर अगरियाले ` आजको पदाधिकारी बैठक बाट सरकार बाट बाहिरिने निर्णय भएको कुरा आफुले पनि सुनेको´ उल्लेख गरे । अहिले संसदीय दलको कार्यलय सिंहदरबारमा संसदीय दलको बैठक बस्दै छ बाँकी कुरा त्यसपछि आउने उनको भनाई थियो ।

केही बेरमै यादवले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा दिन लागेका हुन । सरकारमा समाजवादीका २ मन्त्री सामेल छन् ।

सोमबारको मन्त्रीपरिषद बैठकमा यादवले संविधान संशोधनको प्रस्तावको ठोस कार्ययोजना राख्न चाहेपनी प्रधानमन्त्रीले अस्वीकार गरेकोले अहिले संविधान संशोधनको सम्भावना नरहेको ठहर गर्दै सरकार बाट समाजवादी बाहिरीएको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री थिए । पछि प्रधानमन्त्रीले नै उनलाई उपप्रधान तथा कानुन मन्त्रीको जिम्मेवारीमा ल्याएका थिए । उतिबेला समाजवादी पार्टीको भागमा रहेको स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी वर्तमान सरकारमा सहभागी भएको थियो ।

Leave A Reply

Your email address will not be published.