प्रजातन्त्रका सच्चा पहरेदार ‘किशुन जी’

0

काठमाण्डौं – आज कांग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईको जन्मदिन । सन १९२४ डिसेम्वर २४ मा उनको जन्म भारतको वनारसमा भएको हो । भट्टराई नेपालको राजनीतिमा सवैभन्दा त्यागी र सादगी नेताका रुपमा चिनिन्छन् । उनले लोभ र लाभको राजनीति कहिल्यै गरेनन् । राजनीति गरेर घर, जग्गा, जमिन र एक पैसा उनले जोडेनन् । पुर्ण रुपमा सर्वहारा नेताका रुपमा उनको जिवन ब्यतित भयो । संसारले अहिले पनि उनलाई नेपालको माइलस्टोन्स नेताका रुपमा चिन्ने गरेको छ ।

भट्टराई नेता मात्र थिएनन् । उनि कुसल लेखक थिए । उनले पत्रिकामा काम गरे । त्यसैले, उनि नेपाल पत्रकार महासंघको संस्थापक वनेर चिनिएका छन् । भट्टराई ब्यवहारत प्रजातन्त्रवादी नेता थिए । आफ्नै पार्टीका नेताहरु निरंकुश भए भने उनि जोडदार आवाज उठाउँथे । २०१६ सालमै उनि नेपालको सभामुख वने ।

जतिबेला कांग्रेसका बिपी कोइराला प्रधानमन्त्री थिए । त्यसपछि उनी पञ्चायत शासनका बिरुद्ध आन्दोलनमा होमिए । वहुदलिय ब्यबस्था आएपछि उनि २०४६ सालमा उनि अन्तरिम सरकारको प्रधानमन्त्री वने । उनकै नेतृत्वमा नेपालमा संविधान बन्यो । त्यसपछि उनि फेरि २०५७ सालमा ९ महिना प्रधानमन्त्री वने । विभिन्न राजनीति आरोहअवरोहका विच भट्टराईले आफ्नै पार्टी भित्र विद्रोहको भुमिका खेलेका थिए । उनले आफ्नो पार्टीको कार्यशैलीप्रति विमति राखेर ०५८ सालपछि राजनीतिमा निस्क्रिय वने । जिवनलाई देश र जनताप्रति समर्पित गरेर २०६७ साल फागुन २० गते ८७ बर्षको उमेरमा उनको मृत्यु भयो ।

नेपालको राजनीतिमा प्रशंसा गर्न योग्य कमै नेता छन् । खासगरि, पछिल्लो राजनीति अवस्था निकै पट्यार लाग्दो वनिसकेको छ । अधिंकाश नेताहरु भ्रष्टाचारमा लागेर देश दोहन गरिरहेका छन् । ठुला दलका अधिकांश नेताहरु यसमा अछुतो छैनन् । किशुन जी देशलाई केहि दिएर गए । तर, देशवाट केहि लिएनन् । उनि जस्ता नेता अझै देशलाई खाँचो छ । यदि देशमा असल कार्यकर्ता छन् भने हरेक दलले भट्टराई जस्तै इमान्दार नेता जन्माउन सक्नुपर्छ । त्यागी नेता किशुन जी प्रति हाम्रो श्रद्धाञ्जली ।

Leave A Reply

Your email address will not be published.