मोदीद्वारा विवादास्पद नागरिकता कानुनको बचाउ, प्रतिपक्षद्वारा मिथ्या फैलाएको आरोप

0

बीबीसी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन् ।

‘हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,’ उनले दिल्लीमा एक र्‍यालीमा भने। ‘हामीले भारतका सांसदहरू र संसद्‍को सम्मान गर्नुपर्छ ।’

मुसलमानविरोधी भनी आलोचना भएको सो कानुनको विरोधमा भएका प्रदर्शनका क्रममा भएका झडपमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रहरीले प्रतिबन्ध लगाएपनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन् । भारतीय प्रहरीले हजारौँलाई हिरासतमा लिइसकेको छ र कैयौँ स्थानमा इन्टरनेट बन्द गरिएको छ ।

सो कानुनले छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ ।

भारतीय जनता पार्टी बीजेपीले दिल्लीमा राज्य चुनावका लागि अभियान सुरु गरेको र्‍यालीमा प्रधानमन्त्रीले कानुनको बचाउ गरेका हुन् ।

आफ्नो मन्तव्यमा प्रम मोदीलेः

  • प्रतिपक्ष दलहरूलाई कानुनको बारेमा झूट बोलेको र मिथ्या सूचना फैलाएको आरोप लगाए
  • प्रहरी एवम् सार्वजनिक यातायात, पसल र सरकारी सम्पत्तिमाथिको आक्रमणको निन्दा गरे
  • सरकारले मुख्य नीतिहरू लागु गर्दा कसैको पनि धर्म नसोधेको दोहोर्‍याए
  • भारतका मुसलमानहरूले उक्त कानुनका कारण चिन्तित हुनु नपर्ने बताए
Leave A Reply

Your email address will not be published.