निजगढ विमानस्थलका लागि तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

0

काठमाण्डौं – सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीसहित ९ जनाले मंसिर १७ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रुख कटान गर्ने कार्य अगाडि नबढाउन भनेको हो ।

सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो ।

विमानस्थल निर्माणको क्रममा रुख कटान गर्दा धेरै वन विनाश हुने भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलसहितले विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.