सुनसरीमा अत्याधुनिक हतियार र ९ हजारभन्दा भढी गोली बरामद

0

काठमाण्डौं – जिल्ला प्रहरी कार्यलय सुनसरीले बराहक्षेत्र नगरपालिका – ५ स्थित भरौलामा जमिनमा गाढेर राखीएको अवस्थामा अत्याधुनिक एसएलआर हतियार र त्यसमा प्रयोग हुने ९ हजार भन्दा धैरै गोली फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा बराहक्षेत्र – ५ भरौलामा रहेको एक कुखुरा फार्मबाट हतियार र गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

हतियार फेला पारेको क्षेत्रमा अहिले नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी शुरु गरेको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.