नेकपाको स्थायी कमिटी बैठक: वामदेव उपाध्यक्ष बन्ने, एमसिसी बारे निर्णय नै भएन

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक हप्तादेखी जारी स्थायी कमिटीको बैठक सकिएको छ । नेकपाका नेता वामदेव गौतमको उपाध्यक्ष बनाउने गरि गरिएको विधान संसोधनको प्रस्ताव पारित भए सँगै वामदेवको उपाध्यक्ष बन्ने चाहाना पूरा हुने सम्भावना बढेको छ । आगामी केन्द्रिय समितिको बैठकले बिधान संसोधनको कुरा पारित गरे उनी उपाध्यक्ष बन्नेछन् ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेक राजनैतिक प्रतिवेदन परिमार्जन गरि सर्वसम्मतिले पारित गरेको छ ।

पछिल्लो समय निकै नै विवादास्पद बन्दै गएको एमसिसी बारे भने कुनै निर्णय गर्न सकेन । एमसिसी बारे स्थायी कमिटीको बैठक बाटै टुंगोमा पुर्‍याउने कार्यकारी प्रचण्डको प्रयास सफल हुन सकेन । स्थायी कमिटीको बैठकमा ओली समुह एमसिसीको पक्षमा माधव नेपाल तथा पुर्व माओवादी समुह भने विपक्षमा देखिएको थियो । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले अनलाइनपाना सँग भने – `एमसिसी सम्बन्धि बिषयमा स्थायी कमिटीको बैठकमा छलफल भएपनी थप छलफल गरि निर्णयको लागि भने सचिवालयमै फिर्ता पठाउने निर्णय गरिएको छ ।´ उनले भने ।

त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतले जारी गरेको नक्सा अस्वीकार गर्दै त्यहाँंबाट भारतीय सेना हटाउन पहल गर्ने निर्णय गर्दै समस्या समाधान गर्न कुटनैतिक रुपमै गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको छ ।

अबैध भवनमा पार्टी कार्यलय संचालन गरेकोमा ठूलो आलोचना खेप्दै आएको नेकपाले आफ्नै केन्द्रिय कार्यलय समेत बनाउने निर्णय गर्न भ्याएको छ । त्यस्तै पछिल्लो समय विकराल रुपमा बढिरहेको सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भएको ठहर गर्दै सरकारलाई सडक सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ लाभ भएर नियमित काममा फर्कने कामना गरेको छ । त्यस्तै आगामी पुस २३ गते केन्द्रिय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

४४५ सदस्यीय रहेको केन्द्रिय समितिको बैठक पार्टी एकता पछि पहिलोपटक बस्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.