प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक भएको खुलासा

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको विषयमा छानविन सुरु भएकोछ । ट्वीटर ह्याक भएको खुलासा भएपछि छानविन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका विषयमा सार्वजनिक गरेको एक भिडियो सन्देशमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट विवादास्पद ट्वीट रि–ट्वीट भएको थियो । रि–ट्वीट भएको केही घण्टामै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट हटाइएको थियो ।

प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए । ‘प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोग भएको छ ।’ उनले भने, ‘उक्त विषयमा छानबिन भइरहेको छ ।’

Leave A Reply

Your email address will not be published.