अर्थमन्त्री डा. खतिवडा मन्त्रीबाट हट्न सक्ने

0

काठमाण्डौं – अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद गुम्दैछ । आगामी फागुन २० गतेपछि खतिवडा सांसद रहने छैनन् । २ वर्षे कार्यकाल सकिएपछि उनको सांसद पद समेत सकिन लागेको हो । संविधान अनुसार मन्त्री हुनका लागि सांसद अनिवार्य हुनुपर्ने व्यवस्था छ । सांसद पद नरहेपछि उनी त्यसपछि मन्त्री हुने हुने सम्भावन पनि कम रहेको नेकपा स्रोले बताएको छ ।

सांसद पदको समयवधि सकिएपछि उी अर्थमन्त्रीबाट हट्ने नेकपाका एक स्थायी समिति सदस्यको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा सरकारकले सिफारीस गरेर राष्ट्रपतिबाट खतिवडा सांसदमा मनोनित भएका थिए ।

गोलाप्रथाबाट कार्याकाल निर्धारण गर्दा उनको दुई वर्षे कार्यकाल निर्धारण भएको थियो । फागुन २० गते २ वर्ष पुरा भएपछि पुनः सांसद हुनको लागि सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनीत गर्नुपर्ने हुन्छ । तर नेकपा भित्र अर्थमन्त्री खतिवडाको कार्य सन्तोषजन नभएको भन्दै आलोचना हुने गरेको छ ।

उनलाई सरकारले सांसदको लागि पुनः सिफारीस गर्ने सम्भावना निकै कम रहेको ति नेताको भनाइ छ । निर्वाचनमा जारी गरेको घोषनापत्र अनुसार नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन नगरेको भन्दै नेकपाका नेताहरु अन्तुष्ट छन् । अर्थमन्त्री डा. खतिवडासँगै राष्ट्रियसभाबाट अन्य १९ सांसदको पनि कार्यकाल सकिँदै छ ।

पदावधि सकिएपछि सत्तासीन नेकपाका ८, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादीका १ जनाको राष्ट्रियसभाबाट विदा हुँदै छन् । नेकपाबाट २ वर्षे कार्यकाल पुरा गरेर बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली राष्ट्रियसभाबाट विदा हुन लागेका छन् ।

यस्तै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा पनि राष्ट्रिय सभाको २ वर्षे कार्यकाल पुरा गरेर विदा हुँदै छन् । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रीत पासवानको पनि २ वर्षको कार्यकाल सकेर आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाबाट विदा हुँदै छन् ।

यि सांसदको समयवधि सकिन लागेपछि आगामी माघ ९ गते राष्ट्रियसभाका लागि नयाँ सांसद चुनिँदै छन् । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.