भारतमा नागरिकता सम्बन्धि कानुनको बिरोध चर्कदैं, ६ जनाको ज्यान गयो

0

छिमेकी देश भारतमा नागरिकता सम्बन्धि विरोध चर्किरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार हिजो (शुक्रबार) भएको प्रदर्शनको क्रममा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् ।

मुस्लिम विरोधी भनिएको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनको क्रममा अहिलेसम्म १३ जनाभन्दा बढिको मृत्यु भै सकेको छ ।

भारतीय सञ्चारमाध्यमको हवाला दिंदै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार पछिल्ला हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेमध्ये पाँच जना उत्तर प्रदेशका विभिन्न स्थानमा गोली चलेको छ ।

नागरिकता सम्बन्धी विधेयकलाई लिएर उत्तरभारत सबैभन्दा अशान्त देखिएको उल्लेख गरिएको छ । शुक्रबार पनि उत्तर प्रदेशका पाँच जिल्लामा हिंसा फैलिएको थियो । त्यस्तै दिल्लीको जामा मस्जिदबाहिर पनि हजारौं मानिसले प्रर्दशन जारी राखेको पनि जनाईएको छ ।

पश्चिमबंगालकी मुख्यमन्त्री पनि प्रर्दशनमा

नागरिकता संशोधन विधेयकको विरोधमा पश्चिम बंगालकि मुख्यमन्त्री ममता बनर्जी पनि विरोध प्रदर्शनमा उत्रीएकी छिन ।

उनले प्रर्दशनलाई सम्बोधन गर्ने क्रममा केन्द्र सरकार सँगै नरेन्द्र मोदीलाई निशाना बनाउने गरेकी छन ।
प्रधानमन्त्री मोदीले संसदमा रहेर पनि नागरिकता संशोधन विधेयक (सिएबी) को पक्षमा मतदान नगरेको बिषयलाई लिएर प्रश्न गरेकी छन ।

`प्रधानमन्त्री मोदी संसदमा हुनुहुन्थ्यो, तर भोट हाल्नु भएन, यसर्थ उहाँ पनि यो कानुनको पक्षमा हुनुहुन्न । यदी समर्थन गर्नुहुन्न भने खारेज गर्नुस् ।´ मुख्यमन्त्री बनर्जीले भनिन ।

भाजपा नेतृत्वको सरकारले देशका मुख्य र अत्यावश्यक बिषयलाई छोडेर अन्य कुरामा ध्यान केन्द्रीत गरेको समेत बनर्जीको आरोप छ ।

(अन्तराष्ट्रीय समाचार एजेन्सीको सहयोगमा)

Leave A Reply

Your email address will not be published.