विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहिबार विहान भएको भेटवार्तामा सभापति देउवा भने ‘विवादास्पद अध्यादेश वा कुनै पनि विधेयक नल्याउनु होला ।’

प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवासी बालुवाटार पुगेका थिए । देउवा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । सभापति देउवाले पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता लेखकले जानकारी दिए ।

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने सभापति ओलीले प्रधानमन्त्रीलाई चेतावनी समेत दिएको बताइएको छ ।

भेटको क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे चासो राखेका थिए ।

Leave A Reply

Your email address will not be published.