तालिका बनाएर काम गर्न मुख्यमन्त्रीको निर्देशन

0

काठमाण्डौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहिबार प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने भन्दै जनताको जीवनस्तर माथि उठ्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन गरेका छन् ।

कर्णालीको भौगोलिक विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.