मन्त्रिपरिषद् बैठकका निर्णयः दुईजना सचिवको सरुवा

0

काठमाण्डौं – सरकारले दुईजना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार ल्याइएको छ ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत बालकृष्ण घिमिरेलाई धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

यस्तै सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय पनि गरेको छ ।

सशस्त्र प्रहरी बल अन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो ।

दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुङबाट व्यास-२ को दुम्लिङ्गसम्मको घोरेटो बाटो संघीय मामिला मन्त्रालय मार्फत् निर्माण गरी सन्चालनमा ल्याउने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम ११९ जना व्यक्ति तथा परिवारलाई कुल ५८ लाख पाँच हजार ८९५ रूपैयाँ सहायता अथवा क्षतिपूर्तिवापत् उपलब्ध गराउने निर्णय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.