हिउँदे अधिवेशनको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक

0

आन्तरिक गुटबन्दी र भागबन्डामा रुमल्लीएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (शुक्रबार) बाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

मध्याह्न १ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकले सरकारका काम कार्वाहीको समिक्षा सहित जनताका समस्याका साथै जनसरोकारका बिषयलाई संसदमा कसरी प्रस्तुत गर्ने भन्ने रणनीति तय गर्नेछ ।

त्यस्तै आम सर्वसाधारणको चासो रहेका विधेयक र भारतद्वारा अतिक्रमित नेपाली भु-भागको बिषयमा पनि छलफल हुने कांग्रेस संसदीय दलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.