‘सडक दुर्घटना बढ्नुमा सडक र यातायात व्यवसायी उत्तिकै जिम्मेवार’

0

काठमाण्डौं – सडक दुर्घटना बढ्नुका पछाडि राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

बुधबार राजधानीमा आयोजित सक्षात्कार कार्यक्रममा राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो समयमा देशभर बढिरहेको सवारी दुर्घटनामा राज्यले बनाएको सडक र त्यसमा सवारी चलाउने यातायात व्यवसायी दुवै पक्ष उत्तिकै जिम्मेपार रहेको धारणा राखेका छन् ।

सरोकारवालाहरु सहभागितमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव सिटौलाले सरकारले वैज्ञानिक ढंगबाट गाडी आयात र व्यवस्थापन गर्न नसक्नु र सवारीको अवस्थाबारे यातायात व्यवसायीले हरपल गम्भीर बन्न नसक्नु नै सडक दुर्घटनाको पहिलो कारण रहेको बताए ।

हवाई दुर्घटना हुँदा छानबिन आयोग गठन गर्न हतारिने सरकार सडक दुर्घटनाप्रति सरकार उदासीन रहेको उनको आरोप छ । सडकका खाल्डा पुर्न पनि प्रधानमन्त्रीको निर्देशन कुर्ने राज्यको लाचारपन हेरिनसक्नुको रहेको बताउँदै उनले सडकको वर्गीकरण गरेर अवस्था अनुसार गाडी चलाउने व्यवस्था गरिए सडक दुर्घटनामा कमी आउने उनको विश्वास छ ।

अर्को प्रसंगमा महासचिव सिटौलाले लाईसेन्स प्राप्तिमै सरकारले विभेद गर्दाको परिणाम दक्ष चालक नहुनु पनि दुर्घटनाको अर्को कारण भएको बताए । राज्यले सडक सुधार र सवारी आयात तथा त्यसको व्यवस्थापनमा सरकारले यात्रुमैत्री र सवारी अनुकूल नीति ल्याएर यातायात व्यवसायीलाई थप सजगता तुल्याउन जरुरी रहेको उनको भनाई छ । यातायात व्यवसायी राज्य र सरकारलाई हरदम सहयोग पुर्याउन तयार रहेको समेत उनले बताए ।

त्यस्तै उपत्यकाका ट्राफिक महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले सरोकारवाला निकायसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्न लागिरहेको जानकारी दिए । आगामी दिनमा सबै मिलेर सुरक्षित सडक र यात्रा बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । यातायात व्यवसायी राज्य र सरकारलाई हरदम सहयोग पुर्याउन तयार रहेको समेत उनले बताए ।

त्यस्तै उपत्यकाका ट्राफिक महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले सरोकारवाला निकायसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्न लागिरहेको जानकारी दिए । आगामी दिनमा सबै मिलेर सुरक्षित सडक र यात्रा बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । पछिल्लो चरण सवारी दुर्घटनबाट मृत्यु हुने दर वृद्धि भएको स्वीकार गरे ।

कार्यक्रममा सडक विभागका महानिर्देशक केशब शर्माले समग्रमा देशैभरका सडक चुस्ता हुन नसकेको र त्यसलाई लयमा ल्याउन सडक विभागले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाए । नीति बनाएर सडकलाई चुस्त तुल्याउने योजना विभागले बनाइसकेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले यात्रुवाहक सवारी साधनमा धैरै पुराना र मर्मतमा लापारवाही गरिएका साधन चलाउनु र नाफा कमाउने लोभमा अदक्ष चालक राखेका कारण सवारी दुर्घटना बढेको र अनाहकमा सयौं यात्रुले ज्यान गुमाउन बाध्य भएको बताए । पुराना गाडी हटाउन र सवारीको अवस्था झल्किने प्रमाणको आधारमा मात्र सवारी चलाउन दिनुपर्ने सरकारसँग उनीहरुको आग्रह छ ।

सरकारकै तथ्यांकअनुसार पछिल्लो समयमा सवारी दुर्घटनाबाट मात्र दैनिक ७ जनाले ज्यान गुमाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.