सभामुखमा नेम्वाङले बाजि मारे, उपसभामुख राजपालाई

0

काठमाण्डौं – लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेकपाको संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङले बाजी मारेका छन । सत्तारूढ नेकपामा नयाँ सभामुखको लागि नेम्वाङको नाममा सहमति जुटेको छ ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारी माथी बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन् ।

भोलि (शुक्रबार) अपरान्ह बाट सुरु हुने संसदको हिउँदे अधिबेशनको बैठक भने उपसभामुख शिवमाया तुम्बाहाङफेले संचालन गर्ने नेकपा निकट स्रोतले अनलाइनपानालाई जानकारी दियो । संसदको हिउँदे अधिबेशन सुरु भए सँगै प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख पाउने छ ।

स्रोतका अनुसार पुर्व एमाले समुहबाट नेम्वाङ सभामुख नियुक्त भएसँगै पुर्व माओवादी समुहले संसदीय दलको उपनेता पाउने भएको छ ।

यसअघि उपसभामुख तुन्बाहाङफे लाई पटकपटक राजिनामा दिन दबाब दिए पनि अटेर गर्दै आएकी तुम्बाहाङफेले सभामुखमा नेम्वाङ पक्का भए सँगै राजिनामा दिन सहमत भएको स्रोतको दावी छ । सभामुखको दौडमा रहेका पुर्व माओवादी समुहका नेता अग्नि प्रसाद सापकोटालाई भने अब पुनर्गठित हुने मन्त्रीमण्डलमा मन्त्री बनाउने सहमति समेत भएको छ ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेका मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले उपसभामुख पाउने पक्कापक्की भएपनी अहिले नै कसलाई उपसभामुख बनाउने भन्ने टुंगो नलागेको स्रोतले अनलाइनपानालाई जानकारी दियो ।

सत्तारूढ अर्को दल समाजवादी पार्टीले जुनसुकै बेला पनि सरकार छाड्न सक्ने र सरकारमै बसेर सरकारको आलोचना बाहेक केही नगरेको निष्कर्ष निकालेको नेकपाले समाजवादी पार्टीलाई भने अब महत्त्व नदिने रणनीति समेत अख्तियार गरेको छ ।

यसैको पहिलो प्रयास स्वरुप राष्ट्रियसभाम प्रतिपक्षी भुमिकामा रहेको राजपा सँग समझदारी गर्दै समाजवादीलाई भने सरकार बाट हट्नै पर्नेबाध्यात्मक अवस्था सिर्जना गर्न खोजिएको छ ।

Leave A Reply

Your email address will not be published.