पौडेल – सिटौला पक्षद्वारा केन्द्रीय समितिको बैठक पुन: बहिष्कार

0

काठमाण्डौं – नेपाली कांग्रेसको बुधबारको बैठक पनि बस्दैनबसी स्थगित गरिएकोे छ । बुधबार दिउँसो १ बजे बस्ने भनी सोमबार सूचना जारी गरिएको थियो ।

तर बुधबारको बैठकमा सदाझैं बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष उपस्थित नभएपछि पर्सि शुक्रबारसम्म बैठक स्थगित गरिएको हो । बैठक यो चौथोपटक स्थगित भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपास्थित बीपीनगरमा बोलाइएको छ ।

बैठकमा नगएका पूर्वमहामन्त्री सिटौला र वरिष्ठ नेता पौडेलबीच बुधबार दिउँसो पौडेल निवास बोहराटारमा छलफल चलिरहेको जनाइएको छ ।

पौडेलले पार्टीको आगामी १४औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने, भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघको अधिवेशनबारे ठोस प्रस्ताव नल्याएसम्म बैठकमा भाग नलिने अडान राख्दै आएका छन् । पार्टी केन्द्रमा रहेका २८ वटा विभागलाई बढाएर ४१ पुर्याउने देउवाको प्रस्तावको पनि उनीहरु सहमत छैनन् ।

पौडेल–सिटौला पक्ष पार्टीमा प्रभावशाली रहेकोले उनीहरुको अनुपस्थितिमा बैठक बस्न पार्टी सभापति शेरबहादुर देउवालाई कठिनाई परिरहेको देउवा पक्षधर एक केन्द्रीय सदस्यले बताए ।

बुधबारको बैठक बस्दैनबसी स्थगित भएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् । अर्काे बैठक शुक्रबार दिउँसाे १ बजेका लागि पुन: बाेलाइएकाे छ ।

Leave A Reply

Your email address will not be published.