एकैरात तीन महिला बलात्कार गर्ने युवा पक्राउ

0

रुकुम पश्चिम – एकै रात तीन महिलालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको आठवीसको नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत मंसिर २७ गते राती पुरुष नभएका महिलाको घरमा गएर उनले जवरजस्ती करणी गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । पक्राउ परेका केशवले २७ गते राति १ बजे श्रीमान घरमा नभएकी स्थानीय ४० वर्षीया महिला, साढे १ बजे अर्की ४५ वर्षीया एकल महिलालाई जवरजस्ती करणीको प्रयास र राति २ बजे घरमा सुतिरहेकी अर्की ४० वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार)  गरेको अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरेपनि प्रतिकार गर्दा तेस्रो घरमा गएर जवरजस्ती करणी गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । उनले ढोकाको खापबाट हात छिराई चुक्कुल निकालेर उनी भित्र प्रवेश गरी जबरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ । पीडित तीनै जना महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितको निवेदनको आधारमा केशवलाई मंसिर ३० गते नगरपालिका–९ राडी बजारबाट पक्राउ गरिएको डिएसपी खड्काको भनाइ छ । उनी विरुद्ध जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

Leave A Reply

Your email address will not be published.