राष्ट्रिय सभाको निर्वाचन लागि कार्यतालिका सार्वजनिक

0

काठमाण्डौं – राष्ट्रिय सभाका सदस्यको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको तालिका सार्वजनिक गर्दै ९ गते मतदानको लागि समय निर्धाराण गरेको हो । १९ सांसदको कार्याकाल फागुनमा सकिँदै छ । त्यसैको पदपूर्तिका लागि आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ । ३ जना भने मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो ।

त्यसै अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८ जना, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ८ जना, राष्ट्रिय जनता पार्टी (राजपा)का २ जना, समाजवादी पार्टीका १ जना गरेर जम्मा १८ जना सांसदको म्याद सकिना लागेको हो । यस्तै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरेका अर्थमन्त्री डा.युवराज खतिवडाको पनि दुई वर्षे कार्यकाल सकिँदै छ ।

आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार पुस १७ गने मतदाता नामवली प्रकाशन, पुस २० गते उमेदवारको मनोनयन दर्ता, २१ गते उमेदवारको विरोधमा उजुरी दिने यस्तै माघ ९ गते मतदान हुने छ । एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ ।

राष्ट्रियसभा सांसदको लागि सात सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार पाँच सय ६ जना र प्रदेशसभाका पाँच सय ५० जना सांसदले मतदान गर्न पाउने छन् । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.