क्रेमलिनको सत्तामा पुटिनको २० वर्षः के के गरे पुटिनले ?

0

सन् १९९९ को डिसेम्बर ३१ मा भ्लादिमिर पुटिन रसियाको राष्ट्रपति बनेका थिए । केजीबीका पूर्वगुप्तचर पुटिन रसियाको राष्ट्रपति बन्दा नेपालको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । त्यसयता नेपालले १३ जना प्रधानमन्त्री पाइसक्दा पनि रसियाली राष्ट्रपति पुटिन भने क्रेमलिनको सत्तामा अविछिन्न बिराजमान छन् ।

पुटिन रसियाको राष्ट्रपति बन्दा बिल क्लिन्टन अमेरिकाका राष्ट्रपति थिए । त्यसपछि अमेरिकाले थप ३ अन्य राष्ट्रपति पाउँदा ब्रिटेनले भने पाँच नयाँ पाइसकेको छ । तर पनि रसियाको बागडोर भने सर्वशक्तिमान पुटिनकै हातमा छ ।

सन् १९९९ को अक्टोबरमा दोस्रो चेचन युद्ध सुरु हुँदा पुटिन प्रधानमन्त्री बनिसकेका थिए । उनको राष्ट्रपतिकालको आरम्भ नै चेचन्याको द्वन्द्वबाट सुरुवात भयो । उनको राष्ट्रपति कालमा नै रसियन सेनाले चेचन्याको राजधानी ग्रोन्जीमाथी धावा बोल्यो र कब्जा जमायो सन् २००३ मा संयुक्त राष्ट्रसंघले पृथ्वीको सबैभन्दा ध्वस्त शरको रुपमा समेत परिभाषित गर्न भ्यायो । राष्ट्रपति पुटिन र चेचन्याको द्वन्द्व २००९ सम्म नै कायम रह्यो ।

१९९९ मा अन्तरिम राष्ट्रपति बनेका पुटिनले सन् २००० मा भएको राष्ट्रपतिय चुनाव जितेका पुटिनले जितको खुशी मनाउँदै गर्दा त्यसको केही महिनामै उनलाई भावनात्मक संकट आईलाग्यो । समुन्द्रमा कुस्र्क पनडुब्बी डुब्दा ११८ जनाको मृत्यु भयो । कुस्र्क २००० को अगस्टमा डुबेको भएपनी रूसले निकै दिन पछाडि मात्रै मृतकका परिवारलाई सुचित गरेको थियो । राष्ट्रपति पुटिन त्यो बेलामा बिदामा बसेका थिए । संकटपूर्ण घडीमा पनि काममा नफर्किएको भनेर उनको ठूलो आलोचना समेत भएको थियो ।

पुटिनको शासनको पहिलो दश बर्ष रसीया र पश्चिमा देशका नेताहरुसँग राम्रो सम्बन्ध थियो । सन् २००३ मा इटालीका तत्कालीन प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीले मस्कोको भ्रमण गरेका थिए भने २००३ मै बेलायती महारानिको निमन्त्रणामा पुटिनले बेलायतको राजकीय भ्रमण पनि गरेका थिए । त्यस्तै २००६ मा रसियाले बिश्वका धनी देशहरुको समूह ञजिएटझ को बैठक समेत आयोजना गरेको थियो ।

रुसको संबैधानिक प्रावधान अनुसार एक व्यक्ति लगातार तेस्रो कार्यकाल राष्ट्रपति बन्न मिल्दैन थियो । पुटिनले पनि रुसी संविधानको कदर गर्दै सन् २००८ मा तेस्रो कार्यकाल राष्ट्रपति त बनेन् । तर एक कार्यकालको लागि देशको प्रधानमन्त्री बने । पुटिन प्रधानमन्त्री बने लगत्तै जर्जियाले ओस्सेटियामा सेना पठाएपछि आक्रमक भएको रुसले जर्जियामा सेना पठायो ।

जर्जियामा सेना पठाए लगत्तै अगस्टमा युद्ध भयो र रुसको कदमले पश्चिममा देश र रसियाको बिचमा दरार पैदा गर्न निकै ठूलो भुमिका खेल्यो । त्यो समयमा पुटिन प्रधानमन्त्री मात्रै भएपनी उनको शक्तिमा भने कुनै कमि थिएन । तत्कालीन राष्ट्रपति दिमीत्री मित्रीभेद त केवल ञडि जुरेझ राष्ट्रपति मात्रै थिए ।

सन् २०१४ मा आएर युक्रेनमाथी आक्रमण सुरु गरेपछि भने रूस र अमेरिका सहित पश्चिमा राष्ट्रहरु सँगको सम्बन्ध तिक्ततापुर्ण बन्न पुग्यो जुन आजसम्म पनि जारी नै छ । सन् २०१४ मै रुसले क्रीमिया कब्जा गरेपछि भने इयु र अमेरिकाले नाकाबन्दी मात्रै लगाएनन जिएट बाटै निलम्बन समेत गरे ।

यसै समयमा मध्यपूर्वमा सिरिया संकट यसै बिचमा सुरु भयो । सिरियामा गृहयुद्ध सुरु भएको चार वर्षपछि मात्रै रसियाले आफ्नो मित्रराष्ट्र सिरियालाई सहयोग गर्ने निर्णय र्गयो । रसियाली सहयोग पछि सिरियाली राष्ट्रपति बशर-अल असद अहिलेसम्म सिरियाली राष्ट्रपति पदमै आसीन छन् ।

सन् २०१६ मा अमेरिकि चुनावमा डोनाल्ड ट्रम्पको बिजयमा समेत रसियाको हस्तक्षेप गरेको अमेरिकी अनुसन्धान निकाय एफबीआईले दावी मात्रै गरेन अहिले पनि उक्त मुद्दाको सुनुवाइ चलिरहेकै छ । त्यस्तै पुटिनकै निर्देशमा सन् २०१८ मा युकेले आफ्नो देशमा शरण लिइरहेका पूर्वगुप्तर सैनिक अधिकृतलाई मार्न प्रयास गरेको आरोप लगायो ।

आफ्नो शासनकालमा पुटिनले क्रेमलिनमा आफ्नो र रुसको छविमाथि निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेका छन् । त्यो आजसम्म पनि जारी छ । उनले सार्वजनिक गर्ने तस्बिरहरुले पनि उनलाई एक बलियो छविको ब्याक्तीको रूपमा पुष्टि गर्ने काम नै गरेको छ ।
पुटिनले सन् २०१४ मै गृष्मकालीन ओलम्पिक्स र सन् २०१८ मा विश्वकप आयोजना गरेर रूसको छविलाई राम्रो बनाउने प्रयास गरेका थिए । ओलम्पिक्स र बिश्वकप सफल भएपनी रसियन खेलाडीहरुले प्रतिबन्धित औसधिको प्रयोग गरेको कुरा सतहमा मात्रै आएन । नियामाक निकाय ञवाडाझ ले राज्यका निकायले नै खेलाडीलाई प्रतिबन्धित औषधी सेवन गर्न लगाएको र तथ्यांक लुकाएको आरोपमा चार वर्षका लागि सबै मुख्य खेलकुदमा भाग लिनबाट प्रतिबन्ध लगाएको छ । यसैकारण सन् २०१८ मा बिश्वकपको सफल आयोजक समेत रहेको रसियाले सन् २०२२ को बिश्वकपमा सहभागिता जनाउन पाउने छैन ।

एक निर्वाचित चतुर तानाशाहको छवि बनाएका पुटिनलाई टक्कर दिदैं क्रेमलिनको राजगद्दीमा बस्ने पुटिन जत्तिको शसक्त शाशक पनि रसियाली भुमिमा अहिलेसम्म देखिएको छैन । अझै पुटिन कति समय क्रेमलिनको सत्तामा रहन्छन् त्यसको उत्तर पनि केवल पुटिनबाहेक अरु कसैसँग रहेको देखिदैंन ।

(बीबीसी सहित अन्तर्रा्ष्ट्रिय एजेन्सीको सहयोगमा)

Leave A Reply

Your email address will not be published.