विद्या भट्टराईले लिइन् उपसभामुखबाट सांसदको शपथ

0

काठमाण्डौं – कास्कीको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा मंगलबार भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख पद रिक्तभएपछि उपसभामुखबाट सांसदले शपथग्रहण गरेको यो पहिलोपटक हो ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । मन्त्री रहेका बेला गत फागुनमा सांसद रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा उपचुनाव भएको थियो । सांसद भट्टराई स्व. रविन्द्रकी धर्मपत्नी हुन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई फराकिलो मतान्तरले पराजित गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.