नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य सम्बन्धि सम्झौता सार्बजनिक, नेपाली ब्यबसायीले पनि चौबिसै घण्टा सेवा पाउने,

0

नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ्लान्दर्सले नेपाली ब्यबसायीहरुलाई आबस्यक पर्ने सेवा सुबिधा उपलब्ध गराउन सहकार्य गर्ने सम्झौता गरेकाछन् । सम्झौता अनुसार होरेका फ्लान्दर्सले आफ्ना सदस्यहरुलाई दिने सबै किसिमका सेवा नेबाब मार्फत नेबाबका सदस्यहरुलाई दिने भएको हो।

सोमबार लुभेन नगरपालिकामा दुई संस्था बीच भएको सहमतिको आधिकारिक घोषणा गरिएकोछ ।

होरेका फ्लान्दर्सका कार्यकारी निर्देशक मथियास द क्लाउ, होरेका भ्लाम्स बारबान्तका अध्यक्ष दानी जोसेफ, लुभेन नगरपालिका उपमेयर द्रिक भान्सेना, नेपाली ब्यबसायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवास लगायत नेपाली ब्यबसायीहरुको उपस्थितिमा उक्त समझदारी-पत्र बारे जानकारी गराइएको हो।

नेपाली ब्यबसायिहरु संगको सहकार्य र त्यसबाट उनीहरुलाई हुने फाइदा बारे बोल्दै होरेका फ्लान्दर्सका प्रमुख कार्यकारी निर्देशक माथियास द क्लाउले आफ्नो कडा परिश्रम र लगानिशिलताले स्थापित भएका नेपाली ब्यबसायिहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि होरेका फलान्दरन तयार रहेको बताउनु भयो।

नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले संस्थाले आफ्नो क्षमताले भए सम्म आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आए पनि भाषा, कानुनि ज्ञान र स्थानीय परिवेशका कारण बिशेषज्ञ्न सेवा दिन कठिनाइ भै रहेको अबस्थामा होरेका फ्लान्दर्स जस्तो प्रतिष्ठित संस्था संगको सहकार्यले ब्यबसायमा आइपर्ने समस्या समाधान सहज हुने बिश्वास दिलाउनु भयो।

लामो प्रयास पछि यो सहकार्यको समझदारी बनेको र त्यसबाट होरेका ब्यबसाय गरिरहेका नेपाली ब्यबसायिहरु सात दिन चौबिसै घण्टा हटलाइन सेवा पाउनेछन भन्नु भयो। नेबाब मार्फत होरेका फलान्दर्स संग जोडिनका लागि पनि खवासले ब्यबसायीहरुलाई अनुरोध गर्नु भयो।

होरेका भ्लाम्स बारबांतका अध्यक्ष दानी जोसेफले लुभेन नगरपालिकाको संयोजनमा नेपाली ब्यबासयिहरुसंग सहकार्य र समझदारी गर्न पाउदा खुसि लागेको छ भन्दै ब्यबासयिक दक्षता बढाउन मिलेर काम गर्नु पर्ने बताउनुभयो।

लुभेन नगरपालिका अर्थ र ब्यापार समिति हेर्ने उपमेयर लालिन वादेराले नेपाली ब्यबसायीहरु होरेका सम्बन्धि महासंघ संग आबद्ध भएकोमा हर्ष लागेकोछ भन्नु भयो। उहाले तपाइहरुको एकताले अबस्य पनि न्ब्याबसायिक दक्षता वृद्धिमा सहयोग पुर्याउनेछ भन्नु भयो ।

होरेका फ्लांदरनका बारबान्त संयोजक एलिनले होरेका फ्लान्दरनले नेपाली ब्यबसायीहरुलाई संस्थासंग जोड्नका लागि बिशेष ब्यबस्था गरेकोले त्यसको लाभ लिएर आफ्ना ब्याबसायिक समस्या समाधानका लागि सहकार्य गर्नु अनुरोध गर्नुभयो।

होरेका सेक्टरको समग्र कानुनि र व्याबहारिक नीतिनियमको स्लाईड सो मार्फत इतिवृतान्त प्रस्तुत गरेका इभर थिसले बेल्जियममा होरेका ब्यबसाय र नेपाली ब्यबसायीले गर्नु पर्ने बिबिध बिषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा भएको अन्तरक्रियामा नेपाली ब्यबासायिहरुले आफ्ना जिज्ञाशा राखेका थिए भने होरेका फ्लान्दरणका पदाधिकारीहरुले, त्यस बारेमा जानकारी गराएका थिए।

Leave A Reply

Your email address will not be published.