नागरिकता संशोधन विधेयकको विरोधमा भारत अशान्त

0

बीबीसी – नागरिकता संशोधन कानुन विरुद्ध उत्तर प्रदेशको अलीगढ र लखनउमा सुरु भएको उग्र प्रदर्शनको असर अन्य राज्यमा पनि देखिएको छ। मउ जिल्लामा सोमबार साँझ नागरिकता संशोधन विधेयकका विरुद्ध हिंस्रक प्रदर्शन गरेका छन्। उता वाराणसीमा नागरिकता विधेयकका समर्थक र विरोधीबीच झडपको स्थिति उत्पन्न भएको थियो। अन्य कयौं सहरमा आज विहानैदेखि प्रदर्शन सुरु भएको छ।

मउ जिल्लामा सोमबार ठूलो संख्यामा प्रदर्शनकारीले दिउँसो सडकमा उत्रिएर विरोध जनाए भने साँझ उनीहरुले करिव एक दर्जन सवारी साधनमा तोडफोड गरे। प्रदर्शनकारीले दक्षिण टोला प्रहरी चौकीमा आगो लगाउने प्रयास गरेका थिए। घटनाको जानकारी पाउने वित्तिकै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर भीडलाई नियन्त्रणमा लिने प्रयास गरियो। स्थानीय प्रशासनले अत्यावश्यक काम नपरे घरबाट बाहिर ननिस्कन चेतावनी दिइएको छ।

मउका जिल्ला अधिकारी ज्ञानप्रकाश त्रिपाठीले भने–मिर्जाहादीपुरामा केही युवाले जामिया मिलिया इस्लामियामा प्रहरी दमनको विरोधमा ज्ञापन पत्र बुझाउने योजना बनाएका थिए। हेर्दा हेर्दै भीड एकत्रित हुन थाल्यो। प्रहरीले भीडलाई हटाउने प्रयास गर्यो।

तर प्रदर्शनकारीतर्फ कोही पनि नेतृत्वकर्ता थिएनन्। जसका कारण समस्या भयो। अचानक प्रदर्शनकारीले दक्षिण टोला थाना नजिकै आगजनी सुरु गरे। उनीहरुलाई कारवाही गरिनेछ।’

बीएसयू र इलाहाबाद विश्वविद्यालयमा पनि सोमबार नागरिकता संशोधन विधेयकको विरुद्ध प्रदर्शन गरियो। आज पनि यी दुवै ठाउँमा प्रदर्शन सुरु भएको छ। इलाहाबाद विश्वविद्यालय प्रशासनले विश्वविद्यालय र सम्बद्ध कलेजमा प्रदर्शनलाई मध्यनजर गर्दै दुई दिने विदाको घोषणा गरेको छ।

बीएचयूमा सोमाबर साँझ सिंहद्वारमा नागरिकता संशोधन विधेयकको विरोधकमा विद्यार्थीले मशाल जुलुस निकालेका छन्।  उत्तर प्रदेशमा अधिकांश जिल्लामा प्रत्येक दिन विरोध भइरहेको छ। यसैबीच पश्चिम यूपीमा हाइ अलर्ट जारी गरिएको छ।

अलीगढ, मेरठ, सहारनपुर,कासगंजलगायतका जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार लखउनको नदवा कलेजमा भएको प्रदर्शनपछि कलेजलाई पाँच जनवरीसम्मका लागि बन्द गरिएको छ।

Leave A Reply

Your email address will not be published.