विप्लव नेकपाका दुई कार्यकर्ता रुकुममा पक्राउ

0

काठमाण्डौं – विप्लव नेतृत्वकाे नेकपाका दुई जना कार्यकर्तालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी रुकुम पश्चिमको उपसंयोजक १९ वर्षीय बसन्त चन्द र पार्टीका कार्यकर्ता चौरजहारी नगरपालिका–४ का १९ वर्षीय अतिराम रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक (डएसपी)सुमित खड्काले जानकारी दिए ।

गाउँघर, स्थानीय व्यापारी तथा विद्यालयमा चन्दा रकम असुल्दै सुरक्षालाई चुनौती दिने काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सोमबार राती उनीहरूलाई जिल्लाको सानीभेरी गाउँपालिका–३ चौखेबाट पक्राउ गरीएको डिएसपी खड्काले बताए । उनीहरुमाथि चन्दा असुली गरेकाे अभियाेग लगाइएकाे छ

पक्राउ परेकाहरूको साथबाट भित्ता (वाल) पेन्टका सामग्रीहरू समेत फेला परेको डिएसपी खडकाले बताए ।

Leave A Reply

Your email address will not be published.