पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

0

एजेन्सी – पाकिस्तानको एक उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

लाहौर हाई कोर्टले ७६ वर्षीय मुशर्रफमाथि सन् २००७ को सैन्य ‘कू’बाट सत्ता हात लिएर संविधानकाे अपहेलना गरेकाे र राजद्राेह गरेकाे कसुर गरेकाे भनी परेको मुद्दामा सुनुवाई गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश वकर अहमदसहित ३ जनाको बेञ्चले मंगलबार भएको बहसपछि उक्त आदेश भएको हो । मुशर्रफ सन् २०१४ देखि दुबईमा छन् । त्यहाँ स्वास्थ्योपचारपछि पनि उनी सुरक्षा कारण देखाई पाकिस्तान फर्कन मानिरहेका छैनन् ।

केही दिनअघि मात्र उनले आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएकाे र अाफुले देशको सेवा गरेको बताएका थिए । अभियाेगका छानबिन टाेलीलाई अाफुकहाँ अाउन समेत भनेका थिए ।

Leave A Reply

Your email address will not be published.