नेपाली भूमिमा भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

0

काठमाण्डौं – लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तालगायत नेपाली भूभागमाथि भारतले गरेको अतिक्रमणविरुद्ध निकालिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार काठमाडौंको सोह्रखुट्टेनजिक खुशीबु टाउनबाट विप्लव नेकपाका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा निकालेको जुलुस शुरु हुनै नदिई हस्तक्षेप गरेको हो ।

हस्तक्षेपपछि प्रहरीले प्रदर्शनकारी बबिता सार्की, दिनेश नेपालीलगायत ८ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारीको संख्या बढ्ने सक्ने बताइन्छ । गिरफ्तार श्रृंखलापछि पनि विद्यार्थीहरुले ढल्को क्षेत्रमा नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपको विरोध नारा जुलस गरेका थिए ।
गिरफ्तार परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र विशालबजार स्थित प्रहरीको हिरासतमा राखिएको बुझिएको छ । विरोध प्रदर्शनको आयोजना विप्लव नेकपाका जवर्गीय संगठनहरुले संयुक्त रुपमा गरेको जनाएका छन् ।

‘माथिको आदेश भन्दै प्रहरीले विरोध प्रदर्शनको शुरुमै घेरा हालेर हस्तक्षेप गरे, एक दर्जनजतिलाई गिरफ्तार समेत गरेर लगे’ एकजना प्रदर्शनकारीले बताए । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् ।

आज अपरान्ह १ बजे विद्यार्थी, शिक्षक, मजदुर, जनस्वास्थ्यकर्मी, बुद्धिजीविलगायतले भारतद्वारा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि अतिक्रमणको विरोधमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै राष्ट्रिय झण्डा र भारतद्वारा अतिक्रमित भूभाग समेटिएको नक्सासहित शान्तिपूर्ण विरोध प्रदर्शनको शुरुमै हस्तक्षेप गरेपछि खुशीबुस्थित विनायक पार्टी प्यालेस क्षेत्र तनावग्रष्त बनेको थियो ।

भारतले पछिल्लो पटक नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि नेपालभित्र र बाहिर भारतविरोध प्रदर्शन चर्किँदै गएको छ । त्यसमा पनि विप्लव नेकपाले भारतीय प्रदनमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र भारतको नयाँ नक्सा जलाउनेलगायत चरणवद्ध विरोध प्रदर्शन जारी राखेको छ ।

तर सरकारले उक्त पार्टीलाई प्रतिबन्धको घोषणा गरी निषेधको व्यवहार गर्दै आइरहेको अवस्था छ । पार्टीका नेता कार्यकर्ता र समर्थक समेतलाई निगरानी र धरपकड तीव्र पारेकाे छ ।

फाइल तस्बीर

Leave A Reply

Your email address will not be published.