सत्तारुढ नेकपाकाे आजकाे बैठकमा के के भयाे ?

0

काठमाण्डौं – सत्तारुढ नेकपाको स्थायी कमिटीको चौथो बैठक दोस्रो दिनको बैठक सकिएको छ । बैठकमा कार्यकारी अध्यक्ष अध्यक्ष प्रचण्ड र अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तावित विधान संशोधन प्रस्तावमाथि १२ जना सदस्यहरुले धारणा राखेका छन् ।

आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा सोमबार बेलका जारी प्रेस वक्तव्यमा जनाइएको छ ।

धारणा राख्ने क्रममा सबैजसोले सरकारको कामकारवाही शैलीको आलोचना र सुधारका लागि थुप्रै सुझाव दिएको कार्यालयले जनाएको छ । पार्टी एकताको सन्देश दिएर जनपक्ष्ीय निर्णयहरु गर्न सरकार चुक्दाको परिणाम सरकारप्रति जनतामा नकारात्मक मत बन्दै गएको धारणा सदस्यहरुले राखेका थिए ।

अर्को बैठक मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पनि वक्तव्यमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.