क्याट बेल्जियमको भरतपुर महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई सम्मान

0

बेल्जियमको नौ दिने भ्रमणमा आएकी चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई चितवन सहायता कोष बेल्जियमले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा र संस्थाका अध्यक्ष रामचन्द्र सुबेदी (भुबन )ले दाहाल र शाहलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

बेल्जियमका स्थानीय निकाय अबलोकन र भेटघाटको लागि एकजना सल्लाहकार र प्राबिधिक सहित् आएका भरतपुर महानगरको प्रमुख र उपप्रमुखले जिल्लामा परोपकारी काम गरी रहेको संस्थाले आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिदै महानगरले क्याटले सन्चालन गर्ने मानबीय सहयोगका परियोजनामा सहयोग र सहभगिता जनाउने विश्वाश दिलाउनु भएको थियो ।

नगरप्रमुख रेणु दाहालले आफुहरुको भ्रमणको बिषयलाई सन्काको दृष्‍टिले नहेरिदिन आग्रह गर्दै नगरको प्रमुख नेत्रित्व प्रमुख र उपप्रमुख नौ दिन लामो भ्रमणमा निस्कनु अस्वाभाबिक जस्तो लागे पनि यय भ्रमणले नगरको बिकास निर्माणमा सहयोग पुग्ने विश्वाश रहेको बताउनु भयो ।

नागरिक लगानीमा धुर्मुस सुन्तली फाउन्देशन द्वारा भरतपुरमा बनाउन लागिएको क्रिकेट रङशालालाई प्रबासबाट पनि सहयोग गर्न आग्रह गर्दै बिकास निर्माणको काम सबै मिलेर गरे मात्र सम्भब हुने हुँदा सरकार , नागरिक समाज र महानगरको सम्बन्ध सकारात्मक् बनाउन पहल गरी रहेको उहlको भनाइ थियो ।

त्यसै गरी उपप्रमुख शाहले पनि जनमतको कदर गर्दै इमान्दारिता साथ नगरको बिकासका लागि काम गरी रहेको बताउदै बिदेशमा रहेका नेपाली दाज्युभाईहरुले देशलाई सकेको सहयोग गर्न आभ्वान गर्नु भयो ।


महामहिम राजदुत थापाले स्थानीय बिकासको युरोपियन मोडेल उत्तम रहेको र यहाँबाट धेरै कुरा सिक्न र लागु गर्न सकिने भएकोले त्यस तर्फ ध्यान दिन महानगर नेत्रित्वलाई सुझाब दिनु भयो । राजदुताबास कुटनितिक माध्यमबाट देशको पहिचान, पर्यतन पर्बतन , सम्ब्रिद्धिका लागि काम गर्न तत्पर रहेको विश्वाश दिलाउनु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले सामाजिक सेवाको अभियानमा संघले सबै संघ संस्था सँग मिलेर काम गरी रहेको र निरन्तर रहने बताउदै नेपाल भ्रमण् बर्ष २०२० सफल बनाउन सक्रिय हुन आग्रह गर्नु भयो ।

गैर अबासिय नेपाली संघ केन्द्रिय सहकोषाध्यक्ष लोक दाहाल , आईसिसी सदस्य सुभाश जोशी, क्याट जर्मनीका अध्यक्ष यज्ञराज सुबेदी लगायतका अतिथी हरु उपस्थित कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सिता सापकोटा, निबर्तमान अध्यक्ष पार्वती अधीकारीले पनि मन्तब्य राख्दै सन्थाले आज सम्म गरेका परोपकारी एबम सैक्षिक सहयोग लगायत जिल्लामा क्याट मार्फत भैरहेका र गर्न सकिने कामहरुबारे चर्चा गर्नु भएको थियो ।

कोषका उपाध्यक्ष राजु घिमिरे द्वारा स्वागत गरिएको कार्यक्रमको सन्चालन महासचिब इश्वरी प्रसाद कंडेलले गर्नु भएको थियो । स्वागत तथा सम्मान कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र सुबेदी ( भुबन )ले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.