पुस १ लाई कालो दिवसको रुपमा मनाइँदै

0

काठमाण्डौं – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा राजा महेन्द्रको हुकुममा अपदस्थ गरिएको पुस १ गतेलाई आज कालो दिनको रुपमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

वि.सं. २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सर्वाेच्च नेता बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा ‘कू’ गरी बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।

नेपाल तरुण दलको थापाथलीमा भएको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई मञ्चबाटै गिरफ्तार गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले परिचित भयो ।

जननिर्वाचित प्रधानमन्त्रीलाई सेना लगाएर नियन्त्रणमा लिई सरकार अपदस्त गरेकाे घटनालाई कालो दिनको रुपमा नेपाली काग्रेस, नेपाल तरुण दललगायतले देशभर मंगलबार विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

Leave A Reply

Your email address will not be published.