सिन्धुपाल्चोकमा बस दुर्घटना १२ जनाको घटनास्थलमै मृत्यु

0

काठमाण्डौं – सिन्धुपाल्चोक दुर्घटनामा ज्यान १२ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना भएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ । बस सडकबाट ५ सय मिटर तल खसेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.