जमाईकन सुन्दरी टोनीले जितिन मिस वोर्ल्डको उपाधी

0

मिस वोर्ल्डको उपाधी जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार लंडनमा भएको १११ देशका प्रतियोगीहरु मध्यबाट विश्वको प्रतिष्ठित सुन्दरी प्रतियोगितामा उनी बिजयी भएकी हुन । प्रतियोगिताका मुख्य निर्णायक बेलायती पत्रकार पिएर मार्गनको प्रश्नको उत्कृष्ट जबाब दिएर टप फाइफ रहेका प्रतिश्पर्धी मध्यबाट उनी मिस वोर्ल्डको ताज जित्न सफल भइन ।

अमेरिकाको फ्लोरिडा स्टेट युनिभरसिटी बाट महिला मनोबिज्ञानमा डिग्रि गरेकी टोनी लोकप्रिय गायिका एबम मोडल हुन । प्रबासी भारतीय पिता र जमैकन आमाबाट जन्मिएकी टोनी महिला उथ्थानको लागि सकृय छिन् । प्रतिगिता जिते पछि पूर्व मिस वोर्ल्ड भानेस पोन्सेले उनलाई मिस वोर्ल्डको ताज पहिर्याइ दिएकी थिइन ।


फ्रेन्च सुन्दरी ओफेली मेजिनो फर्स्ट रनरअप र भारतीय सुन्दरी सुमन राओ सेकेन्ड रनरअप घोषित भए भने मिस नेपाल अनुस्का श्रेष्ठ मल्टिमेडियाको उपाधी सहित् उत्कृष्ट तिस भित्र पर्न सफल भएकी थिईन ।

Leave A Reply

Your email address will not be published.