सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय

0

सुडान / रोयर्टस – सुडानको अदालतले शनिबार सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको हो ।

७५ वर्षीय बसिरलाई उक्त आदेश गर्दै अदालतका न्यायाधीशले उनको उमेरका कारण उनलाई सुविधासहित कैदी कक्षमा राख्‍न आदेश गरेको हो । उनीविरुद्ध प्रदर्शन चर्किएपछि अप्रिलमा तीन दशक लामो शासनसत्त परित्याग गर्न बाध्य भएका थिए ।

उनको घरबाट बरामद गरिएको लाखौं युरो र सुडानी पाउण्ड पनि जफल गर्न अदालतले आदेश दिएको छ । उनलाई अन्तर्राष्ट्रिय अपराध अदालतले पनि सन् २००९ र २०१० मा पक्राउ आदेश जारी गरेको थियो । उनीविरुद्ध युद्ध अपराध, मानवविरुद्धको अपराध र सुडानको डारफर क्षेत्रमा गरेको नरसंहारको मुद्दा अन्तर्राष्ट्रिय अपराध अदालतमा विचाराधीन छ ।

सुकिलो परम्परागत पहिरनमा अदालतमा उपस्थित बसिरले शनिबार आफूविरुद्धको आदेश तारले बारिएको घेरबाहिरबाट हेरेका थिए । उनीविरुद्ध अन्य थुप्रै न्यायिक मामिलासम्बन्धी मुद्दाहरु पनि छन् ।

सन् २०१९ को मे महिनामा उनीविरुद्ध प्रदर्शनकारीको हत्यामा संलग्‍न भएको र भीडलाई हिंसामा परिणत गर्न उत्साहित पारेको मुद्दा दर्ता गरिएको छ । यससँगै सन् १९८९ को सैन्य हमलामा उनको भूमिकाको विषयमा पनि अदालतमा प्रश्‍न गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.