चर्चित संचारकर्मी रवि लामिछानेको तारिख माघ ५ मा सर्यो

0

काठमाण्डौं – आत्महत्या दुरुत्साहनको मुद्दा अनाहकमा खेपिरहेका चर्चित संचारकर्मी रवि लामिछाने र युवराज कंडेलको अदालती तारिख माघ ५ गते सरेको छ । जिल्ला अदालत चितवनको इजलासले आज आइतबार प्रहरी र चिकित्सकको वकपत्र लिएर माघ ५ मा तारिख सारेको हो ।

अनुशन्धानमा खटिएका २ जना प्रहरी र पोष्टमार्टम गर्ने चिकित्सकको वकपत्र लिइएको थियो । घटनाको अनुशन्धानलाई लिएर प्रहरीले साउनको अन्तिम साता रवि र युवराजलाई पक्राउ गरेपछि देशव्यापी विरोध शुरु भएको थियो । यहि साउन २० गते चितवनको एक होटलमा न्युज २४ मा कार्यरत शालिकराम पुडासैनीको मृत्यु भएपछि रवि र युवराजलाई दुरुत्साहनको मुद्दा चलेको हो ।

निर्दोष संचारकर्मीद्वय रवि र कंडेललाई अनावश्यक दुःख दिने नियतले मुद्दा हालेर अल्झाउने काम भएको भन्दै नागरिक समाज र अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् । प्रहरीको अनुसन्धान फितलो भएको, अदालती प्रक्रिया लम्बिएको प्रति धेरैले असन्तुष्ट ब्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.