राष्ट्रिय गौरवका आयोजनाको अवस्था बारे उर्जा र अर्थमन्त्रालयका उच्च अधिकारीको बैठक

0

उर्जामन्त्री र अर्थमन्त्री सहभागी 

काठमाण्डौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको अवस्था र बजेटको स्रोत ब्यवस्थापन बारे उर्जा र अर्थमन्त्रालयका उच्च अधिकारीको बैठक सुरु भएको छ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन अनन्त र अर्थमन्त्री युवराज खतिवडा सहित उर्जा सचीव युवराज खतिवडा, अर्थसचिव दिनेश घिमिरे सहित दुबै मन्त्रालयका उच्च अधिकारी समेत सम्मीलित छन् ।

बैठकले उर्जा मन्त्रालय अन्तरगतका योजनाहरुको अवस्था सहित राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था र बजेटको स्रोत ब्यबस्थापनको बारे छलफल हुनेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी छन् ।

फोटो: रोशन खड्का

Leave A Reply

Your email address will not be published.