दिल्लीको झोला कारखाना आगलागीका मृतक संख्या ४३ पुग्यो

0

एजेन्सी – भारतकाे दिल्लीस्थित रानी झाँसी रोडमा भएको आगलागिमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

स्कुलको झोला बनाउने कारखानामा आगलागी भएको हो । आगलागीमा परी घाईते भएकाहरुमध्ये ३४ जनाको लोक नायक जयप्रकाश अस्पतालमा र ७ जनाको लेडी हार्डिंग्स अस्पतालमा मृत्यु भएको हिन्दी अनलाईन आजतकले जनाएको छ ।

आगलागीमा परी घाइते भएकाहरु केहीको सोही अस्पतालमा उपचार भइरहेको छ । डाक्टरहरूको ठूलो समूह उपचारमा संलग्न छ । घाईतेको एकिन संख्या भने आएको छैन । दमकलको सहायताले ५४ जनाको बेहोस अवस्थामा उद्धार गरका थिए । धेरै मानिसहरू पछि मृत भेटिए ।

आगो बलिरहेको भवनमा बाहिरबाट फलामको डोका बन्द गरिएको र मानिसहरु भित्रबाट चिच्याईरहेको फेला परेको अग्नि नियन्त्रकहरुले जनाएका छन् । पीडितहरूका आफन्तका अनुसार कारखानामा काम गर्ने अधिकांश युवा २० देखी ३० बर्ष उमेरका थिए ।
कारखानामै कामदारहरू काम गर्ने बस्ने, खाने र सुत्ने गर्दथे । कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले धैरै मानविय क्षेति हुन पुगेको समाचारमा जनाईएको हो ।

खोजिका लागि घटनास्थल पुगेपनि कसैलाई भेट्न र कुनै जानकारी नदिएको पीडित कामदारका परिवारहरुले गुनासो गरेका छन् । घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०–१० लाख भारु दिने घोषणा गरेका छन् ।
घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक–एक लाख राहत रकम दिने उनले घोषण गरेका छन । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि दुःख व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.