‘कोहलपुर घटनाका पीडितमाथि गोली हान्नु कायरतापूर्ण’

0

काठमाण्डौं – बाँकेको कोहलपुरमा आइतबार बिहान ना २ ख ९४५९ नं.को ट्रकले ठक्कर दिँदा घाइते भएकी स्थानीय त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगति चन्दको उपचार र चालकलाई कारवाही माग गर्दै सडक प्रदर्शनमा उत्रिएका विद्यालयका विद्यार्थी, अभिभाव र स्थानीयमाथि प्रहरीले गोली प्रहार गरेको घटनाप्रति निन्दा र भत्सर्ना शुरु भएको छ ।

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आइतबार दिउँसो आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै घाइते छात्रा चन्दको उपचार र न्याय तथा दोषीमाथि कारवाहीको माग गर्दै सडकमा स्कूले विद्यार्थी र अभिभावकले निकालेका जुलुसमाथि प्रहरीले अनाहकमा बर्बर दमन र कायरतापूर्ण गोली प्रहार गरेको उल्लेख गर्दै निन्दा गरेका छन् । घाइते बनाएपछि निकालिएको जुलुसमा प्रहरीले गोली प्रहार गरेको थियो ।
घाइते चन्दको अधिकार र न्यायका लागि दोषी ट्रक चालकलाई कारवाही गर्नुपर्नेमा निर्दोषमाथि गोली चलाउनु प्रहरीको कायरपन भएको नेता महरको ठहर छ । दमन र गोली प्रह!र घटना अमानवीय भएको भन्दै घटनाको भत्सर्ना गरेका छन् । घाइते चन्दलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाएका छन् ।

त्यस्तै जुलुसमा सहभागीमाथि प्रहरीले चलाएको गोली लागेर सोही स्कूलमा कक्षा ९ मा अध्ययनरत सुशिल थापा गम्भीर घाइते भएका छन् । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जुलुसमाथि प्रहरीले दमन र गोली प्रहार गरेपछि अहिले पनि कोहलपुर क्षेत्रको अवस्था तनावग्रष्त रहेको छ । स्थानीय प्रशासनले कफ्र्यू लगाउने सम्भावना बढेको स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.