काठमाण्डौं – मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको जीप दुर्घटनामा परी हराइरहेका धनबहादुर कार्की मृत अवस्थामा फेला परेका छन ।
दुर्घटनाबाट बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव बुधबार दिउँसो दुर्घटनास्थलदेखि केही तल बडिगाड– ७ दिच्छेमा फेला परेको प्रहरीले जनाएको छ । यससँगै दुर्घटनाका मृतकको संख्या १५ पुगेको छ ।
गुल्मीको इश्मा गाउँपालिकाबाट निसीखोला गाउँपालिकातर्फ कूलपूजाका परिवारा बोकेर जाँदै गरेको ग १ ज ५२१९ नं को जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका १४ जनाकै शव परिवारले बुझेर बुधबार नै सामूहिक दाहासंस्कार गरिसकेका छन् ।