डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी

0

काठमाण्डौं – नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारीको आदेश दिएको छ ।

आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । अभियोग लागेपछि ढुंगेल गत वैशाखदेखि पदबाट निलम्बित छन् ।

काठमाडौँं महानगरपालिका–२९ स्थित रानीबारीमा भएको लुटपाट तथा डकैती गरेको अभियोगमा गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठले डिएसपी ढुंगेलको नाम लिएपछि अनुसन्धानका लागि उनलाई निलम्बन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.