काठमाण्डौं – नागरिक उड्डयान क्षेत्रका जानकारको पहिचान बनाएका इञ्जिनियर दीपेन्द्र कँडेलले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कुनैपनि देशका राष्ट्रप्रमुखलाई नेपाल भ्रमण गराउनुभन्दा कोलम्बियन पप गायिका साकिरालाई ‘वाका वाका’ गीतमा टुँडिखेलमा कन्सर्ट गर्नुपर्ने बताएका छन् ।
चारदिशा सँगको कुराकानीको क्रममा इञ्जिनियर कँडेलले रुसी राष्ट्रपति भ्यादमिर पुटिनको नेपाल भ्रमण गराउनु भन्दा रसियन संस्कृतीको प्रवर्द्धन गराउनु उपयुक्त हुने धारणा राखे । यदि राष्ट्रप्रमुखहरुकै भ्रमणले नेपाल भ्रमण बर्ष २०२० सफल हुने भए पुर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्ट र आफुले ४० देशका राष्ट्रप्रमुखलाई नेपाल भ्रमण गराउन सक्ने दावी पनि गरे ।
केही दिनमै नागरिक उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईलाई भेटेर आफुले कुनैपनि देशका राष्ट्र प्रमुखको भ्रमण नेपालको लागि आवश्यक छ कि साकिरा वा म्यान्चेस्टर युनाइटेड र चेल्सीको भ्रमण महत्वपूर्ण छ ? भनेर प्रश्न सोध्ने बताए ।
एक फरक प्रसंगमा कँडेलले ‘नेपालका लागि नेपाली’ अभियानलाई दिएको वाईड बडीको फाईल फिर्ता लिने बताए । वाईड बडीको भ्रष्टाचार नियन्त्रणको लागि स्वतन्त्र समूहलाई आपूmले उपलब्ध गराएको तर त्यो फाईल नागार्जुन दरबारमा बुझाएको पाइएको भन्दै उनले खेद व्यक्त गरे ।