कास्कीमा कांग्रेसको पराजय: देउवाको बोली (जिब्रो) कति जिम्मेवार ?

0

काठमाण्डौं – गत शनिबार सम्पन्न उप निर्वाचनको मत परिणाम सार्वजनिक भै सकेको छ । समग्र नतिजालाई हेर्ने हो भने यो उपनिर्वाचनले संसदीय राजनीतिका दुई प्रमुख खेलाडीहरु सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस नै मुख्य खेलाडिको रुपमा रहेको तथ्यलाई पुनः एकपटक प्रमाणीत गर्ने काम मात्रै गर्‍यो । 


प्रदेश २ मा मधेसवादी दलको प्रभाव देखीएपनी त्यो बाहेकका क्षेत्रमा आफुलाई कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा उपेन्द्र यादव हर्ताकर्ता रहेको डा. बाबुराम भट्टराई `डि जुरे´ रहेको समाजवादी पार्टिको प्रदर्शन पनि चिन्ताजनक नै रहेको देखियो । आम शहरी बर्ग (खासगरी युवा लक्षित) मा आफ्नो पकड जमाउने धक्कु दिने साझा र विवेकशील पनि नत सबैको साझा बने नत विवेकशील नै देखिए । 


हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनको नाममा पुर्व राजाको नाम र दामको ब्याज खान सिपालु कमल थापाको पनि हरिबिजोग पनि देख्ने अवसर प्राप्त भयो भने भक्तपुरे पार्टीको रुपमा परिचित नेमकिपाले आफ्नो पुरानो भोट ब्यांक समेत जोगाउन नसकेको देखियो । प्रमुख प्रतिपक्षी नेपाली दल नेपाली कांग्रेसले आफ्नो केही भोट प्रतिशत बढाउँदा, नेकपा स्थिर देखियो भने सानादलहरु लुटिएको अवस्था रह्यो । 


यो त रह्यो समग्र उपनिर्वाचनको कुरा तर सबैको नजरमा रहेको कास्की २ मा भने स्वर्गीय रवीन्द्र अधिकारको बागडोर उनकै पत्नी विद्या भट्टराईलाई पोखरेली जनताले थमाईदिए । निरन्तर विवादित र असफलता तर उन्मुख रहेको भनेको नेकपा नेतृत्वको वर्तमान सरकारको असफलताले जितको आधार तय गर्ने सपनामा रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने कास्कीको हारको समिक्षामा ब्यस्त देखिएको छ । कास्की उपनिर्वाचनको क्रममा कांग्रेसको सकृयता हेर्दा यसपटक कांग्रेस जित्ने अनुमान आम कांग्रेसी नेता कार्यकर्ताको थियो । तर चुनावी अभियानकै क्रममा कांग्रेसका सुप्रीमो समेत रहेका पुर्व प्रधानमन्त्री देउवाले दिएको एक अभिव्यक्तिले कास्कीमा कांग्रेस पराजित हुन पुगेको स्थानीय कांग्रेसका नेता कार्यकर्ता बताउन थालेका छन् । 


तिनपटक सम्म प्रधानमन्त्री बनिसका सुप्रीमो देउवाले चुनावी सभालाई सम्बोधन गर्दै – कालापानी लगायतका विवादित भुमिलाई प्रधानमन्त्री ओलीकै सहमतीमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिए । अन्तत: देउवाको त्यही अभिव्यक्ति (बोली) ले नै कास्कीमा कांग्रेसलाई चिप्ल्याएको चर्चा चल्न थालेको छ । राष्ट्रवादी देखिने होडमा आफ्नो गरिमालाई समेत ख्याल नगरी अभिव्यक्ति दिएका देउवाको अभिव्यक्ति सँगै कांग्रेस रक्षात्मक बन्नुपर्ने बाध्यता आईलाग्यो, कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आफ्ना पार्टी सुप्रीमोले सहमतिमा नक्सा सार्वजनिक गरेको भनेको नभएर त्यस्तो आंशका मात्रै गरेको भनेर सार्वजनिक बचाउ गर्नुपर्ने परिस्थितिमा पुर्‍यायो । हो यहीँ बाट नै कांग्रेसको पराजयको बिजारोपण भएको मान्ने कांग्रेसीहरु निकै छन् । 


सधैं गुटबन्दी र अन्तरघातमा रमाउने गरेको कांग्रेसले यसपटकको उपनिर्वाचनमा उम्मेदवार छनौटमा ईमानदार व्यक्तीत्वका छवि बनाएका खेमराज पौडेललाई उम्मेदवार बनाएर गुटबन्दी र अन्तरघातको शिलसिला रोक्ने प्रयासलाई पनि पोखरेली जनताले पत्याएनन । खसेका कुल मतको ५२.२७ प्रतिशत अर्थात् स्वर्गीय रवीन्द्रको भन्दा केवल २ प्रतिशत मात्रै कम मत प्राप्त गरिन यसमा भावनात्मक मतको साथमा देउवाको अभिव्यक्तिको मत पनि जोडिएको मान्नेहरुको जमात कम छैन । 


उपनिर्वाचनको सुरुवाती अभियानको क्रममा भ्रष्टाचार र सामाजिक बिषयमा केन्द्रित रहेको चुनावी अभियान सकारात्मक देखिंदादेखीदैं पनि पार्टी सुप्रीमोले बोलीमा लगाम लगाउन नसक्दा नै प्रतिकुल परिणाम आएको कुरालाई अन्यथा मान्न किन पनि सकिँदन भने ६ अर्व भ्रष्टाचार भएको वाईडवडीको डमीलाई नै चुनावी अभियानभरी चेपेको समाजवादीले बल्लतल्ल धरौटी जोगाउन सकेको तथ्यलाई कसरी नजरअन्दाज गर्न सकिन्छ ? 

Leave A Reply

Your email address will not be published.