फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी

0

बिबीसी – अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ।

फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले “प्रतिगुप्तचरीको सम्भावना” भएको उल्लेख गरेको हो।

अनुहारको तस्बिर सम्पादन गरेर युवा वा वृद्ध देखाइदिन सक्ने फेसएप केही महिनाअघि निकै चर्चित भएको थियो। त्यससँगै गोपनीयतासम्बन्धी प्रश्न पनि उठेको थियो।

अमेरिकामा विदेशी प्रविधि कम्पनीहरूका उत्पादनबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै चासो व्यक्त भइरहेको बेला एफबीआईको यो टिप्पणी आएको हो।

कुनै पनि मोबाइल एप्लिकेशन वा रुसमा विकसित फेसएपजस्ता उत्पादनबाट जासुसी हुन सक्ने सम्भावना भएको एफबीआईले शुमरलाई पठाएको पत्रमा उल्लेख छ।

उक्त एपमार्फत् विदेशबाट राजनीतिक हस्तक्षेप भएको कुनै प्रमाण फेला परे कारबाही गर्ने उसले बताएको छ।

यस विषयमा फेसएपलाई प्रतिक्रियाका लागि अनुरोध गरिएको छ। तर उसले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

सेन्ट पिटर्सबर्गस्थित वायरलेस ल्याब नामक कम्पनीले फेसएपको निर्माण गरेको हो।

उक्त कम्पनीले यसअघि प्रयोगकर्ताले सम्पादन गरेका तस्बिरहरू आफूले भण्डारण नगर्ने बताएको थियो।Skip Twitter post by @SenSchumer

Chuck Schumer@SenSchumer

A warning to share with your family & friends:

This year when millions were downloading #FaceApp, I asked the FBI if the app was safe.

Well, the FBI just responded.

And they told me any app or product developed in Russia like FaceApp is a potential counterintelligence threat.

Page 1 of the response from the FBI.
Page 2 of the response from the FBI.

1,7762:48 AM – Dec 3, 2019Twitter Ads info and privacy1,512 people are talking about this

End of Twitter post by @SenSchumer

फेसएपबाट अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिममा परेको र करोडौँ अमेरिकी नागरिकहरूको गोपनीयता खतरामा पर्न सक्ने भन्दै गत जुलाई महिनामा शुमरले छानबिनको माग राखेका थिए।

भर्खरै अमेरिकी सांसदहरूले एउटा चिनियाँ कम्पनीको स्वामित्वमा भएको भिडिओ शेअरिङ एप टिकटकबारे पनि कुरा उठाएका छन् ।

टिकटक

संसारभरि टिकटक एपका करौडौँ प्रयोगकर्ता छन्।

टिकटकको लोकप्रियता र चिनियाँ स्वामित्वला कारण पश्चिमा विश्व सतर्क भएको देखिन्छ।

गत अक्टोबर महिनामा शुमर र अन्य सांसदहरूले चिनियाँ स्वामित्व भएका टिकटक र इन्टरनेटमा सामग्री राखिने अन्य प्लेटफर्मबाट अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरा भए वा नभएको अनुसन्धान गर्न गुप्तचर निकायलाई आग्रह गरेका थिए।

Leave A Reply

Your email address will not be published.