कूलपूजाका लागी परिवार नै सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु

0

काठमाण्डौं – कूलपूजा गर्न रिजर्भ लिएर गएको जीप बाग्लुङमा दुर्घटना भएको छ । दुर्घटनामा परी ९ महिला, ४ पुरुष र एक शिशुसहित १४ जनाको मृत्यु भएको छ ।

जीप कार्की परिवारले लिएर गएको बुझिएको छ । दुर्घटनास्थल बाग्लुङको बडिगाड गाउँपालिका–७ स्थित भीमगिठ्ठेमा पर्दछ । जीप सडकबाट करिब १५० मिटर तल खाेलामा खसेकाे जनाइएकाे छ । एकजना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

विस्तृत विवरण आउन बाँकी छ । एक तथ्यांकअनुसार सवारी दुर्घटनामा परेर दिनहुँ ७ जनाले ज्यान गुमाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.