कांग्रेस कहाँ छ ? भनेर सोधे भने प्रचण्ड र ओलीको घरक्षेत्रमा छ भन्दिनूः प्रवक्ता शर्मा

0

काठमाण्डौं – सोमबार पार्टी केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न उपचुनावको पार्टीको समीक्षात्मका धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको जनतामाझ लोकप्रिय बन्दै गएको विचार राखेका छन् ।

उनले पत्रकार सम्मेलनमा सत्तारुढ नेकपालाई ओरालो लागेको अवस्थाका रुपमा चित्रित गरेका छन् । उपचुनावले नेपाली कांग्रेसलाई जनताले माया गरेर सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीकै घर क्षेत्रमा विजयी गराएको जिकिर गरे ।

कांग्रेस ओली र प्रचण्डकै घर क्षेत्रमा सशक्त रुपमा विजयको झण्डा फहराउन सफल भएको बताउँदै कांग्रेसबारे कसैले सोधेमा चितवन र भक्तपुरमा छ भनेर बताइनुदिन समेत उनले पत्रकार सम्मेलन आग्रह गरे ।

‘काङ्ग्रेस कहाँ छ भनेर कसैले सोध्यो भने प्रचण्डको क्षेत्र चितवनमा छ, केपी ओलीकै घर भएको ठाउँ भक्तपुर र महराको क्षेत्र दाङमा छ भन्न चाहान्छौं’ प्रवक्ता शर्मा भने ।

अबका दिनमा जनताको साथमा कांग्रेस नै हुने र देश र जनताका समस्या समाधान गर्ने शक्तिको रुपमा उदय भएको उनको भनाई छ ।
उपचुनावमा सत्तारुढ दल नेकपा पहिलो र कांग्रेस दोस्रो स्थान हासिल गरेको छ । कतिपय स्थानमा नेकपाको गढ मानिँदै आएको बेला कांग्रेसले बाजी मारेको छ ।

उपचुनावमा प्रधानमन्त्री ओलीको घरक्षेत्र भक्तपुरको क्षेत्र नंं १ अन्तर्गत प्रदेशसभा (क) मा कांग्रेसका उम्मेद्वार कृष्णलाल भडेलले ओली ओली–प्रचण्ड नेतृत्वको नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाल र प्रचण्ड पुत्री रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिका–१६ को वडाध्यक्ष पदमा पनि कांग्रेसकै उम्मेद्वारले जित हासिल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.