भक्तपुरपछि बाग्लुङमा पनि बाजी मार्दै कांग्रेस !

0

काठमाण्डौं – भक्तपुुरको क्षेत्र नं. १ को (क)को उपचुनावमा बाजी मार्न सफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाग्लुङमा पनि बाजी मार्ने संकेत देखिएको छ ।

बाग्लुङ क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) मा सम्पन्न उपचुनावको अहिलेसम्मको मत गणनाअनुार नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले ले अग्रता लिइरहेका छन् ।

कांग्रेस उम्मेदवार जीत शेरचनले पाँच सय २५ मत ल्याएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले तीन सय ८६ मत ल्याएका छन् । यहाँ मत गणना ढिलाई शुरु भएको थियो । समाजवादी पार्टीका अशोक बिकले ७० मत ल्याएका छन् ।

बाग्लुङ २ (ख) मा सत्तारुढ दल नेकपाभित्रै चरम असन्तुष्टी देखिएको निर्वाचन क्षेत्र हो । त्यहाँ नेकपाले जनमोर्चालाई समर्थन गरेको छ ।
आफ्नो पार्टीकै प्रभाव रहेको स्थानमा जनमोर्चाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय पार्टीमाथिबाट भएपछि नेकपाका स्थानीय नेता शेरमान घर्तीले उम्मेद्वारी दर्ता गराएका थिए ।

उनलाई पार्टी पंक्तिले हेलिकोप्टर चढाएर उम्मेद्वारी फिर्ता लिन लगाउन खोजेपनि असफल भएको थियो । तर चरम दबाब परेपछि उनले जनमोर्चाकै उम्मेद्वार शाहीलाई भोट दिन प्रेस विज्ञप्ति निकालेका थिए । स्वतन्त्र उम्मेद्वारको रुपमा भने उनको नाम कायम रहेको थियो ।

आजको मत गणनाका क्रममा घर्तीको चुनाव चिन्हा पनि मत खसालेको पाइएको छ । यसबाट शाहीको मत कटाउने त्रास नेकपामा परेको बताइन्छ । किनकि अहिलेसम्म स्वतन्त्र उम्मेद्वार घर्तीको चुनाव चिन्हा १० मत खसेको पाइएको छ ।

उताा दाङको क्षेत्र नं. ३ को (ख) मा जारी पछिल्लो मत गणनाअनुसार भने सत्तरुढ नेकपाकै उम्मेद्वार अगाडि छन् ।

Leave A Reply

Your email address will not be published.