दाङमा नेकपा उम्मेदवार विमला विजयी

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मतले हराउँदै उनी निर्वाचित भएकी हुन् ।
ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सो भएको स्थानमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमासाझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाएका छन् ।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, बीपी कांग्रेस पार्टीका दीपक कुमार धितालले २ तथा स्वतन्त्र उम्मेदवारद्वय टीकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् ।

दाङ क्षेत्रनम्बर ३ (ख० मा कूल ६८ हजार ७ सय १९ मतदाता भएकामा ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको छ ।

Leave A Reply

Your email address will not be published.