प्रचण्डले दिए द्वन्द्वकालीन मुद्दामा पीडितले भनेअनुसार हुने संकेत

0

काठमाण्डौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनाका पीडितले माफी दिए दोषीले उन्मुक्ति पाउने संकेत गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार दोलखाका शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हत्या, बलात्कारजस्ता जघन्य अपराधमा संलग्नले चने उन्मुक्ति पाउने गरी कानून नबन्ने बताए ।

द्वन्द्वकालीन घटनाका मुद्दालाई मेलमिलापकै आधारमा टुङ्ग्याउने पक्षमा आफू रहेको उनको विचार थियो । आममाफी दिने गरी कानून नबनाइने तर घटनाको सत्यता र क्रुरतालाई हेरिने उनको भनाई थियो । पीडितकै अनुसार विधयेक बनिरहेको जिकिर उनको छ ।

घटनाको सत्यतामा आधारित भएर पीडितले माफी दिए मेलमिलापमा नै जोड दिने गरी विधेयक तयार भइरहेको पनि जानकारी दिए । प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा ‘जे भयो भयो अब सबै बिर्सौ’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको दाबी समेत उनले कार्यक्रममा गरे ।

घटनामा आफूमाथि आरोप लागेमा जहाँ पनि खडा भएर जवाफ दिन तयार रहेको र आफू वा जोकोही दोषी नउम्किने बताए ।

Leave A Reply

Your email address will not be published.