२२४३ मतान्तरले भक्तपुरको प्रदेशसभामा कांग्रेसका भडेल विजयी

0

भक्तपुर – भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छ ।

उनी निटकत प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका देवीप्रसाद ढकाललाई पराजित गर्दै विजयी भएका छन् । मतगणना भर्खरै सकिएको हो । भडेलले ढकाललाई २ हजार २ सय ४३ मतान्तरले पराजित गरेका हुन् ।

प्राप्त मत परिणाम

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेपाल मजदुर किसानका पार्टी उम्मेवारले ५ हजार २९ मत पाए । अन्तिम मत परिणाम घोषणाको तयारी भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.